free website hit counter

मेटलाइफ अन्तर्राष्ट्रिय रुपमा सम्मानित

beemaadmin
२०८२ मंसिर ६, शनिबार

एजेन्सी। विश्वको प्रतिष्ठित सूचीकर्ता ‘फर्च्युन वर्ल्ड’ ले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलहरूको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष पुर्याइएको छ । यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको हो । विश्वभरका केवल २५ कम्पनीलाई प्रदान गरिने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ । यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो, मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, हामीले अवलम्बन गरेको नयाँ सीमाना वृद्धि रणनीतिलाई अघि बढाउँदै गर्दा, सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण बनाउन तथा सरोकारवालाको भविष्य आकार दिने हाम्रो प्रतिबद्धता झन् दृढ भएको छ । फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा गरिएको नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट यो सूची तयार गरिएको हो । विश्वभरका प्रमाणित संस्थाहरूमा कार्यरत २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ । मेटलाइफलाई हालसम्म अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीहरू सूचीमा लगातार तेस्रो वर्ष स्थान मिळेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त गरिसकेको छ । २०२५ मा मात्र मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ । हाम्रा सबै उपलब्धिका मूल प्रेरक शक्ति हाम्रै कर्मचारी हुन्, मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने, कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले नै यो उपलब्धि सम्भव बनाएको हो । फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनुका साथै २०२४ वा २०२५ को सुरुवातमा विभिन्न महादेशका कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ । मेटलाइफले यी सबै मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार