free website hit counter

मेडिकल कलेज सञ्चालक प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौँ । मेडिकल कलेज सम्बन्धनका विषयमा घुस मागेको आरोप लगाएपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र  बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईबीचको विवाद उत्कर्षमा पुगेको छ ।
जिल्ला अदालत भक्तपुरले अनुमति दिएपछि बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध दिएको उजुरीका आधारमा अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

नेकपाका अध्यक्षद्वयलाई घरमा बोलाई मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक गरेपछि प्रसाई निकै चर्चामा आएका थिए ।

गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि उनी त्यहाँ भेटिएनन् । पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार