free website hit counter

मेरोमाइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ श्रावण २३, शुक्रबार

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.२३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.४८ प्रतिशत बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.५९ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ। १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार