free website hit counter

मौद्रिक नीतिको पूर्वसन्ध्यामा सेयर बजारमा उत्साह

beemaadmin
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२ अंकले बढेको छ । कारोबार सुरु भएको समयमा घटेपनी अन्तिम समयमा परिसूचक बढेर बन्द भएको हो । मौद्रिक नीतिको पूर्वसन्ध्यामा १.२६ प्रतिशत बढ्दा परिसूचक २५६८.११ अंक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९६ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर छ । बिहीबार एउटा १० प्रतिशत बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । बिहीबार १३ मध्री ४ समूहको सूचक घटेको छ । विकास बैंक समूह, जलविद्युत समूह, लगानी समूह र अन्य समूहको सूचक समेत घटेको छ । बुधबार सेयर सूचक घटेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा सूचक घटेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार