free website hit counter

म्यादी जीवन बीमा शुल्क अनलाईनबाटै भुक्तानी

beemaadmin
२०७६ आश्विन ६, सोमबार

काठमाडौं । बीमा व्यवसायको सेवा चुस्त बनाउन विभिन्न नीति नियम जारी गर्ने नियमनकारी निकाय बीमा समितिले वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को शुल्क अनलाईनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउन चार जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ। विदेशमा रहेका नेपाली कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सकिने कानुनी व्यवस्था छ। त्यस अनुसार विदेशबाट श्रमस्वीकृति नवीकरण गर्दा समस्या भएको भन्दै बीमा बापत बुझाउनुपर्ने रकम अनलाईन मार्फत भक्तानी गर्ने व्यवस्था मिलाउन बीमा समितिले निर्देशन दिएको थियो ।

बीमा समितिले गत माघ १७ गते जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै म्यादी जीवन बीमालाई व्यवस्थित बनाउन पुल प्रणलीको व्यवस्था गरेको थियो। त्यसअनुसार पहिलो चरणमा एक वर्षको लागि नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, युनियन लाइफ र रिलायबल लाइफले म्यादी जीवन बीमा गर्ने जिम्मेबारी पाएका थिए । समितिले पुलमा रहेका म्यादी जीवन बीमा गर्ने नेशनल लाईफ, सूर्या, युनियन र रिलायवल लाईफलाई अनलाईनबाट बीमा शुलक भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार