free website hit counter

यति कडा बन्दैछ लकडाउन (पत्रसहित)

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । लकडाउनका बाबजुद कोरोना राजधानी छिरेपछि लकडाउन अझै कडाई बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको मूल सडक, भित्री सडक तथा गल्लीहरुमा समेत मानिसको आवागमन रोक्ने भएको छ । विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरिएको छ। अन्यथा प्रचलित कानून बमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउने सम्बन्धमा गृह मन्त्रालयबाट प्राप्त निर्देशनहरु तथा जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार उक्त निर्णय भएको जिल्ला प्रशासन कार्यलयले जनाएको हो।
त्यस्तै, अत्यावश्यक सेवाका सवारी साधनहरुलाई भने पास नचाहिने जनाएको छ। त्यसबाहेक अन्य पैदल यात्रुहरुलाई पनि काठमाडौमा प्रवेश निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट यसअघि जारी भएका सम्पूर्ण सवारी पास (ई–पास र पहेंलो पास) खारेज गरिएको छ भने अब सवारी पास निलो रङ्गको हुने कार्यलयले जनाएको छ।

सम्बन्धित समाचार