free website hit counter

यसकारण गुमाए सन्दीपले साग

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदलाई चिनाउने नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले मंसिर १५ देखि नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्। आँखामा समस्यादेखिएपछि शल्यक्रिया गरेका कारण आफ्नै मैदानमा हुने ठूलो अवसर सन्दीपले गुमाउन लागेका हुन् । सन्दीपको सोमबार बिहान तिलगंगा आँखा अस्पतालमा आँखाको लेजर शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि डाक्टरले सन्दीपलाई १५ दिन आराम गर्न सल्लाह दिएका छन्। टाढाको नदेख्ने समस्या आएपछि चिकित्सकहरुले चस्माको प्रयोग गर्न सुझाएका थिए तर सन्दीपले चस्माको सट्टा लेजर शल्यक्रिया गराएका हुन्। सागमा अब उनको स्थानमा बैकल्पिक सूचिमा रहेका रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल मध्ये एकले मौका पाउनेछन्।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार