free website hit counter

यसरी घटाउन सकिन्छ कोरोना संक्रमणको जोखिम

beemaadmin
२०७६ चैत्र १९, बुधबार

आजको तथ्यांक निकै बढेको देखियो छ | परीक्षण ब्यापक रुपमा भएकोले पनि कोरोना संक्रमित तथ्यांक बढेको हो | त्यस्तै सामाजिक दुरी कायम नगर्ने, घर बाहिर निस्किने, व्यक्तिगत / पारिबारिक तथा घरायसी सरसफाई नगर्ने आदिको कारण संक्रमितको संख्या ह्वात्तै बढेको छ |
मृतकको संख्या आगामी दिनमा धेरै देखिनेछ | भर्ना भएका संक्रमितहरुको अस्पताल बसाइ लामो हुँदै गर्दा जोखिम बढ्दै जान्छ | तसर्थ पुराना केसको मृत्यु दर अहिले १९ % देखिएको हो |
खुसीको कुरा के छ भने गत महिनासम्म संक्रमितको गम्भीर अवस्था १५ – २० %थियो भने अहिले जम्मा ५ % छ | ९५ % लाई सामान्य लक्षण देखिएर निको भइरहेको छ | यो सेल्फ क्वारेन्टाइन, आइसोलेसन तथा सामान्य उपचारको प्रभावकारिता हो |
उमेर अनुसार हेर्ने हो भने जन्मदेखि ९ बर्षसम्मका बच्चा सुरक्षित छन् | बच्चाको लागि कोरोना संक्रमण र यसबाट हुने मृत्युप्रति चिन्ता गर्नुपर्दैन | धेरै जसो अभिभावक आफ्ना बालबालिकाप्रति धेरै चिन्तित छन् | यो जरुरी छैन | त्यस्तै १० – १९ बर्षका बालबालिकाको मृत्युदर नगन्य अर्थात ०.२ % छ | ८० बर्षमाथिका व्यक्तिको मृत्युदर सबैभन्दा धेरै अर्थात १४.८ % मात्र छ |
मधुमेह, उच्च रक्तचाप, दम, मुटुको रोग, क्यान्सर, किड्नीको रोग, अंग प्रत्यारोपण गरेका व्यक्तिले बिशेष ख्याल गर्नु आवश्यक छ | घर बाहिर नजाने, हात धोइरहने, रोगसंग लड्ने शक्ति बढाउनको लागि अतिरिक्त पोषिलो खाना खाने तथा तनाब नलिने गर्दा रोगसँग लड्ने क्षमता बढ्छ | हरियो सागसब्जी, अमिला फलफुल, दाल, क्वाँटी, दुध, दही, अन्डाको साथै Vitamin C, B6, B12, Zinc, Fish Oil, Multi vitamin ट्याब्लेट / क्याप्सुल नियमित सेवन गर्दा जोखिम घट्दछ |
चुरोट सेवन बन्द गर्नु अत्याबश्यक छ | कोरोना भाइरसले फोक्सोमा अट्याक गर्ने भएकोले फोक्सोलाई स्वस्थ्य राख्न चुरोट नखाने, प्राणायाम गर्ने, ध्यान गर्ने गर्नु उपयुक्त हुन्छ | त्यस्तै ब्लडप्रेसर र ब्लड ग्लुकोज पुरै नियन्त्रणमा राख्नुपर्दछ | कोरोना भाइरसको सेकेन्ड अट्याक किड्नीमा हुन्छ | किड्नी सुरक्षित राख्नको लागि ब्लडप्रेसर र सुगर पुरै नियन्त्रणमा राख्नुपर्दछ | पटकपटक पानी पिउने, पेन किलर लगायतका औषधि नखाने, शारीरिक व्यायाम गर्ने, मनोरंजन गर्ने तथा पोषिलो खाना खाने बानी बसाल्नु आबश्यक छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार