free website hit counter

यस्ता छन् नयाँ वर्षमा माछापुच्छ्रेका अफर !

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । ग्राहकलाई समय समयमा विशेष सुविधा दिँदै आएका बैंकहरुले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा थुप्रै आकर्षक कार्यक्रम ल्याएका छन् । नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरि माछापुच्छ्रे बैंकले डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउनमा अग्रणी रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्दती खाता खोल्ने, क्यूआरकोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा रु. ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु. ५०० फिर्ता पाउने बैंकले जनाएको छ।

Advertisement
Advertisement

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल  लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु. ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना रु. ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार