free website hit counter

यस्ता सहसचिव : जसको सरुवा दुई दुई महिनामा हुन्छ

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा गरेको सहसचिव सरुवा तथा पदस्थापना गरेकामध्ये एकजना पात्र पटक पटक सरुवामा पर्ने कर्मचारी पनि छन् । यसरी पटक पटक सरुवामा पर्ने र मन्त्रालयको नेतृत्व एवं सचिव तथा कर्मचारीसँग असहमत भएर वा अन्य कारणले सहसचिव शिवराम न्यौपाने अपवादको पात्र बन्न पुगेका छन् । रेखा शर्मा सामान्य प्रशासन मन्त्री हुँदा सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा चलाएका न्यौपाने त्यहाँ पनि केही समय मात्रै टिक्न पुगे । त्यसपछि उद्योग मन्त्रालय पुगेर उद्योग विभागका महानिर्देशक समेत दुई महिना चलाएका थिए ।

त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका न्यौपाने त्यहाँ पनि केही समय मात्रै टिक्न पुगे । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा सरुवा भएका न्यौपाने करिब दुई महिना अघिमात्रै रघुराम विष्टले प्रतिस्थापन गरेपछि कृषि तथा सहकारी मन्त्रालय पुगेका थिए । त्यहाँ पुगेको केही समय बित्न नपाउँदै अहिलेको सरुवामा उनलाई श्रम, रोजगार तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । क्षमता भएर हो वा नेतृत्वको नजरमा टिक्न नसकेर हो उनी पटक पटक सरुवा हुने सहसचिवको लिष्टमा पर्दै आएका छन् । यसअघि यस्तै सरुवामा परेका थिए सहसचिव मधुसुदन बुर्लाकोटी । उनी अहिले बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा थन्क्याइएपछि भने अहिले उनको सरुवा पखाला रोकिएझैं रोकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार