free website hit counter

यस्तो छ एनआइसी एसियाको सुपर चमत्कारिक बचत योजना

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं । देशैभर शाखा सञ्जाल विस्तार गरेको ठूलो बैंक एनआइसी एशियाले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना घोषणा गरेको हो ।

बैंकले सुपर चमत्कारिकअन्तर्गत नारी, जेष्ठ नागरिक, बाबु नानी, विद्यार्थी, स्वरोजगार, वैदेशिक रोजगार, उद्यमशील, तलब बचत खाता ल्याएको छ। खाता खोल्ने एक करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बिमा सुविधा उपलब्ध हुने छ।

दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा दिने घोषणा समेत गरेको छ । निःशुल्क डिम्याट खाता, ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा पनि बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार