free website hit counter

यस्तो छ एलआईसी नेपालको नयाँ बोनसदर

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि एलआईसी नेपालले आर्थिक वर्ष २०७८–२०७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ ३ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीको मुनाफामा सारिक हुने गरी प्रतिहजार न्युनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो । कम्पनीले सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस तोकेको छ ।
यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको हो । यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ । धन वृष्टि योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर प्रदान गर्नेछ । जविन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस्तै, लघु सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार