free website hit counter

यस्तो बन्यो धितोपत्र बोर्डको नीति तथा कार्यक्रम

beemaadmin
२०८० श्रावण १४, आईतवार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। सेबोनले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, वेबसाइटमार्फत गर्ने कि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने भन्ने टुंगो नलागेपछि शुक्रबार सार्वजनिक हुन सकेन। अघिल्लो वर्ष सेबोनले औपचारिक कार्यक्रमको आयोजना गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

बोर्डले आर्थिक वर्ष २०८०–८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने कार्यक्रम राखेको छ। हरित वण्ड लगायत नवीन वित्तीय औजार निष्कासनको लागि नियम कानुन बनाउने उल्लेख छ। सेटलमेण्ट ग्यारेन्टी फण्ड देखि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने कार्यक्रमले यस पटक पनि निरन्तरता पाएका छन्।

सम्बन्धित समाचार