free website hit counter

यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउण्टर

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

महेन्द्रनगर । बैकिङ पहुँच सबैतिर पुर्याउने लक्ष्यका साथ अघि बढेको मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ ।

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरे ।

कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पाउने बताए । करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार