free website hit counter

यी प्रतिष्ठित महिलाको घरमा काम गर्ने नेपालीले किन गरे आत्महत्या

beemaadmin
२०७७ आश्विन ५, सोमबार

काठमाडौं। अरुको घरमा काम गर्न बस्नु त्यति सहज छैन । सामान्य कुरामा पनि चित्त नबुझाउन कठिन तथा आफ्नै पारिवारिक तनावले मानिसलाई जीवनदेखि दिक्क लाग्ने गर्दछ । मुम्बइकी एक प्रतिष्ठित महिलाको घरमा काम गर्ने एक नेपालीले आत्महत्या गरेका छन् । मुम्बइको मालाबार हिलमा नेपियन सी रोडमा बस्ने सोसाइटीकै सबैभन्दा प्रतिष्ठित मानिने महिला दुर्गा चुलानीको घरमा काम गर्ने नेपालीले आत्महत्या गरेका हुन् । पुलिसले शनिबार बताएअनुसार भोजराज जयबहादुर थापाले बिहीबार आत्महत्या गरेका हुन् ।
मुम्बइ मिररले पुलिसलाई उद्धृत गर्दै लेखेअनुसार थापाले त्यहाँको एम्बेसी अपार्टमेन्ट्समा रहेको दुर्गा चुलानीको घरमा ड्राइभर र घरेलु कामदारको रुपमा काम गर्थे । पुलिसले जयबहादुर डिप्रेसनबाट ग्रस्त भएको हुन सक्ने अनुमान गरेको छ । ‘हामीले पाएको जानकारी अनुसार उनी धेरै पिउँथे । बिहीबार अर्का ड्राइभर घरमा पुग्दा उनी किचनमा झुण्डिएका थिए’ एक पुलिस अधिकारीले मुम्बइ मिररसँग भने ।
पुलिसका अनुसार उनले बेल्टको प्रयोग गरेर आत्महत्या गरेको देखिएको छ । घटनास्थलबाट कुनै सुसाइड नोट बरामद भएको छैन । चुलानी परिवारका एक मित्रले बताएअनुसार जयबहादुरले चुलानी परिवारको लागि निकै वर्ष अगाडिदेखि काम गर्दै आएका थिए । दुर्गा चुलानीलाई शहरकै सबैभन्दा प्रतिष्ठित महिलामध्येकी एक मानिन्छ । उनी समाजसेवी अञ्जु चुलानीकी आमा हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार