free website hit counter

यी हुन् युएईमा एक किलो सुन जित्ने नेपाली

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

युएई । रेमिट्यान्सबाट पैसा पठाउँदा युएईमा एक नेपालीले १ किलो सुन पुरस्कार जितेका छन्। यूएईको अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार स्वरुप जितेका हुन्। यसैगरि अन्य दुई सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार पुरस्कार स्वरुप जितेका छन् ।
१९ वर्षदेखि यूएईको एक ‘किल्निङ कम्पनी’मा काम गर्दै आएका यमनाथले हिजो सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्रमा एक किलो सुन उपहार जितेका थिए। भने अर्का कार बिजेता सीता पाण्डे र झक बहादुर गिरिले क्रमशः बरदुबई र राहा भिलेज ब्रान्चको लक्की ड्र बाट कार जितेका थिए।
भट्टराईले गत जनवरीमा घर खर्चका लागि ३५ हजार रुपैयाँ अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।
पुरस्कार स्वरुप जितेको १ किलो सुन नेपाल लैजान झन्झट र समस्या हुने भएकोले लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद बिजेतालाई दिन सकिने एक्सचेञ्जका नेपाल प्रमुख बेनि ढकालले रातोपाटीलाई बताए। उनले गत डिसेम्बर १५ देखि फेब्रुअरी १२ तारिखसम्म अहलिया एक्सचेञ्जबाट पैसा पठाउने मध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको जानकारी दिए।
१ किलो सुनको स्थानिय बजार मुल्य १ लाख ८७ हजार दिर्हाम अर्थात झन्डै ५७ लाख रुपैयाँ हुन्छ। यस्तै योजना अन्तरगत सन् २०१८ मा इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार