free website hit counter

युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर लिलाम बढाबढमा

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढमार्फत् बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्दी बोलपत्र आह्वान गरिसकेको छ । ।
इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो ।
इन्स्योरेन्स कम्पनीको संचालक समितिको निर्णय अनुसार संस्थापक समूह तर्फको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संघ संस्थाले मङ्सिर १७ गते ३ बजेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने बताइएको छ । शिलबन्दी बोलपत्र मंसिर १० देखि १७ गतेसम्म पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार