free website hit counter

युनियन लाइफद्वारा लाभांशमा परिमार्जन

beemaadmin
२०७९ माघ २, सोमबार

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको बोनस सेयरमा संशोधन गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश थिए।
कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो। तर, प्राधिकरणले प्रस्तावित बोनस सेयरमा संशोधन गरी आगामी वार्षिक साधारणसभाबाट पारित गर्न स्वीकृति प्रदान गरेको छ। प्राधिकरणको निर्देशनबमोजिम कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले प्रस्तावित बोनस सेयरमा संशोधन गर्दै ८.९७ प्रतिशत कायम गरेको छ। प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार