free website hit counter

यौन जीवन ध्वस्त पारिदेला है

beemaadmin
२०८० जेष्ठ १६, मंगलवार

पार्टनरसँग सेक्सुअली कनेक्ट हुनु सम्बन्धमा इन्टिमेसीको एउटा राम्रो संकेत हो । यसले तपाईंको सेक्सुअल हर्मोन र शरीरलाई पनि स्वस्थ राख्छ । यद्यपि, बढ्दो स्वास्थ्य समस्याले तपाईंको यौनजीवनलाई बर्बाद पारिदिन सक्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्थाबारे तपाईंलाई राम्रोसँग जानकारी हुनुपर्छ । आज हामी तपाईंलाई यस्ता केही स्वास्थ्य समस्याबारे जानकारी दिँदै छौं जसले तपाईको यौन जीवनलाई गम्भीर रुपमा प्रभावित पार्न सक्छ ।

मधुमेह
मधुमेहका रोगी पुरुषलाई इरेक्सन र इज्याकुलेशनजस्तो समस्या हुनसक्छ । उच्च रक्तचापका कारण हाम्रो रक्तनली र नसामा खराब असर पर्छ । साथै यसले यौनाङ्गका लागि आवश्यक साधारण रक्त प्रवाहलाई पनि प्रभावित गर्छ । जबकी यस्तो अवस्थामा महिलाको यौनाङ्ग सुख्खा हुने, पीडादायी यौनसम्बन्ध र यौन सम्बन्धमा अनिच्छालगायतका समस्या देखिन सक्छ । स्वस्थ र सफा खानामार्फत् शारीरिक रुपमा आफूलाई सक्रिय राख्दा यो समस्याको हल हुने गर्छ ।

अत्यधिक पीडा
शरीरको कुनै पनि भागमा भयानक पीडा वा क्रोनिक पेनले पनि तपाईंको यौनेच्छामा कमी ल्याइदिने गर्छ । यस्ता दुखाईबाट राहत पाउनका लागि डाक्टरको सल्लाहमा औषधीको प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि, कुनै पनि औषधी लिनु अघि सतर्क हुनुहोस् किनभने केही पेनकिलरको साइड इफेक्ट हुनसक्छन् जसले तपाईंको यौन जीवन प्रभावित पारिदिन सक्छ ।

मुटुरोग
यदि तपाईंलाई मुटु सम्बन्धि कुनै समस्या छ भने यौनबारे तपाईंले विरलै सोच्नुहुन्छ । विज्ञका अनुसार यदि कुनै व्यक्तिलाई केही समय अघि मात्रै हृदयघात भएको छ भे उनले केही समयका लागि यौनबारे सतर्क हुनुपर्छ ।

डिप्रेशन
यो एउटा मानसिक अवस्था हो जसले तपाईंको मनको स्थितीलाई प्रभावित गर्छ । तपाईं सधैं चिन्तित रहनुहुन्छ र यस्तोमा कुनै पनि क्रियाकलापमा समावेश हुन तपाईंलाई मनपर्दैन जसले तपाईंको मनोदशालाई ठिक स्थितीमा राख्न सकोस् । यसका लागि डाक्टरले तपाईंलाई केही औषधीबारे सुझाव दिन सक्छन् जसले तपाईंको यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । यसैबीच तपाईंले कामोत्तेजनामा मुश्किलको सामना गर्ने सम्भावना पनि रहेको हुन्छ । यस्तोमा औषधीको डोज कम वा औषधी नै परिवर्तन गरेर तपाईंले यस्तो समस्याबाट पार पाउन सक्नुहुन्छ । यद्यपि, सबैभन्दा पहिला डाक्टरसँग सल्लाह लिनुहोस् ।

आर्थराइटिस
जोर्नीमा दुखाई वा ऐठनले तपाईंको यौन जीवनलाई निकै हदसम्म खराब गर्न सक्छ । यौन जीवनका लागि शरीरको चालको आवश्यकता हुन्छ त्यसैले यस्तो समस्याले ग्रस्त भएकाहरुले यौन सम्बन्ध स्थापित गर्नबाट जोगिनुपर्छ ।

कम टेस्टोस्टेरोन, रजनोवृत्ति
टेस्टोस्टेरोनको कमीसँग जुधिरहेका पुरुषमा पनि यौन सम्बन्धि समस्या हुनसक्छ । यो समस्या उमेरसँगै बढ्ने गर्छ किनभने टेस्टोस्टेरोन जस्ता सेक्स हर्मोन क्रमशः कम हुन थाल्छन् । जब महिलाको उमेर ४० देखि ५० वर्षभन्दा माथि लाग्छ तब उनीहरुको महिनावारी रोकिन सक्छ जसले शरीरमा एस्ट्रोजनको स्तर कम गरिदिने गर्छ । रजनोवृत्तिका कारण महिलाको यौनाङ्ग सुख्खा हुने गर्छ भने यौनेच्छामा कमीको अनुभव गर्न सकिन्छ । यद्यपि, यो स्थितीमा पनि पुरुष र महिलाको शरीरमा सेक्सुअल हर्मोनको स्तरमा वृद्धिका लागि डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार