free website hit counter

यौन सम्पर्कका बेला मास्क लगाउनु !

beemaadmin
२०७७ जेष्ठ ३०, शुक्रबार

न्युयोर्क । स्वास्थ्यकर्मीका कुरा सुन्दा पनि अचम्म लाग्दो हुन्छ । कोरोनाका विषयमा आएका स्वास्थ्यकर्मीका कुरा अनौठा अनौठा छन् । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् । यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा उल्लेख छ ।
यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ । गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार