free website hit counter

रविले भने– नेपाल–भारत सम्बन्ध नयाँ युगमा प्रवेश गर्न सक्छ

beemaadmin
२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको एक घण्टा लामो भेटवार्तालाई अत्यन्त फलदायी र उपयोगी भएको बताएका छन्।

भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्ट साझा गर्दै लामिछानेले नेपाल र भारतले विगतका सीमितता र अवरोधहरू पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्न सक्ने विषयमा सकारात्मक संवाद भएको उल्लेख गरेका छन्।

Advertisement
Advertisement

उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज कनेक्टिभिटीका माध्यमबाट दुवै देशबीच प्रगति र आपसी विश्वासमा आधारित साझेदारीलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

Advertisement
Advertisement

लामिछानेले नेपाल र भारतका जनताका लागि साझा समृद्धिका अवसरहरूलाई व्यवहारमा रूपान्तरण गर्न रास्वपा प्रतिबद्ध रहेको पनि बताएका छन्।

“आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टाको अत्यन्त उपयोगी र फलदायी वार्तामा सहभागी हुन पाउनु खुसीको विषय थियो,” लामिछानेले लेखेका छन्, “नेपाल र भारतले विगतका सीमितता र बाधाहरू पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्न सक्छन् भन्ने तपाईंको दृष्टिकोणसँग म सहमत छु।”

भेटवार्तामा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, डिजिटल पूर्वाधार र जनस्तरको सम्पर्क विस्तारका विषयमा समेत छलफल भएको बताइएको छ। रास्वपाले नेपाल–भारत सम्बन्धलाई थप विश्वास, सहकार्य र साझा हितका आधारमा अगाडि बढाउन इच्छुक रहेको जनाएको छ।

सम्बन्धित समाचार