free website hit counter

राजधानीमा माक्सै माक्स नागरिकका नाक मुख नांगै

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । राजधानीमा अहिले माक्स तथा सेनिटाइजरको चर्को अभाव छ । तर यही मौका छोपेर काला बजारीहरुले कमाउने मेलो पनि बनाइरहेका छन् । राजधानीमा दुई दिनको अन्तरालमा २० लाख माक्स बरामद भएको छ र तर आम उपभोक्ताले माक्सको अभावमा नाक मुख छोप्न पाएका छैनन् । राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो ।
पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार