free website hit counter

राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी

beemaadmin
२०७९ बैशाख २५, आईतवार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनि राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुख तथा प्रधान कार्यालयको संयुक्त उपस्थितिमा समिक्षात्मक गोष्ठी सम्पन गरेको छ । गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल भएको संस्थानले जनाएको छ । विभागीय प्रमुखहरुले सेवाग्राहीको सेवालाई सहज बनाउने विषयमा आफ्नो धारणा व्यक्त गरे ।
गत आर्थिक वर्षमा प्रथम बीमाशुल्क जम्मा गर्न सफल तिन उत्कृष्ट शाखा नारायणगढ, बुटवल र बिराटनगरलाई प्रशंसापत्र, नगद र खादा ओढाई संस्थानका प्रशासक कबि प्रसाद पाठक, सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ र नायब महाप्रबन्धक महेश रिमालले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गरेका थिए । विभिन्न विषयमा छलफल पश्चात घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले  व्यावसायिक रणनीतिक योजना प्रस्तुत गरि बीमा संस्थानका व्यवस्थापकलाई समिक्षा गरि कार्यान्वयन गर्न आग्रह गरे । बिगतको तुलनामा राष्ट्रिय बीमा संस्थानले प्रतिस्पर्धी बजारमा आफ्नो बजार हिस्सा बढाउन सक्रियता बढाएको देखिन्छ।

सम्बन्धित समाचार