free website hit counter

राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर, संस्थानका कर्मचारीलाई बिनाधिताे कर्जा

beemaadmin
२०७७ फाल्गुन ३, सोमबार

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बीच ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको छ ।

संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement
Advertisement

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानका प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् ।

Advertisement
Advertisement

यसैगरी, राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जासमेत पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानकातर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका हुन्
बैंकले हाल २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार