free website hit counter

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल निर्वाचित

beemaadmin
२०८३ जेष्ठ १०, आईतवार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल निर्वाचित भएका छन्।

आज सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै सञ्चालक पदमा विजय हासिल गरेका हुन्।

Advertisement
Advertisement

निर्वाचन परिणामअनुसार डा. पौड्यालले १ हजार ८२७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १ हजार ५५२ मत पाए।

Advertisement
Advertisement

निर्वाचनपछि प्रतिक्रिया दिँदै डा. पौड्यालले राष्ट्रिय सहकारी बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन प्रवर्द्धन, संस्थागत क्षमता अभिवृद्धि तथा नीतिगत स्थिरताका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताए।

बैंकलाई पूर्ण रूपमा सदस्यमैत्री बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै उनले सहकारी अभियानमा तीन दशकभन्दा बढी समयको अनुभव आगामी कार्यकालमा उपयोग गर्ने विश्वास व्यक्त गरे।

प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाइसकेका डा. पौड्यालले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास तथा सदस्य सेवामा गुणात्मक सुधार ल्याउनु आफ्नो प्रमुख प्राथमिकता रहने बताए।

सम्बन्धित समाचार