free website hit counter

राष्ट्र बैंकको अनुसन्धानलाई बैंक अफ कोरियाले सघाउने

beemaadmin
२०७६ भाद्र ११, बुधबार

 

काठमाडौं । नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा कोरियाको संयुक्त अनुसन्धान टोलीले अध्ययन अनुसन्धान गर्ने सहमति गरेको छ । अध्ययनपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र बिस्तृत गरी दुई चरणको नीतिगत सुझाबसहितको प्रतिवेदन दिने भएको छ। यस सम्बन्धमा बैंक अफ कोरियाले नलेज पार्टनरसिप प्रोग्रामसँग राष्ट्र बैंकले समझदारी गरेको छ।

समझदारीपत्रमा राष्ट्र बैंक गभर्नर कार्यालयका निर्देशक गोबिन्द नागिला तथा बैंक अफ कोरियाका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ  जुङले हस्ताक्षर गरे ।

बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको तेस्रो पटक हो। यसअघि समष्टिगत अर्थब्यवस्थाको प्रक्षेपण र भुक्तानी/फर्छ्योट प्रणालीको नीतिगत ब्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाब दिएको थियो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार