free website hit counter

रास्वपाले तोक्यो प्रवक्ता र महामन्त्री

beemaadmin
२०८२ असार ७, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो । उनी यसअघि कार्यवाहक महामन्त्री थिए । रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो । मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो। त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार