free website hit counter

रास्वपा केन्द्रीय सचिवालय बैठकआह्वान

beemaadmin
२०८३ बैशाख २७, आईतवार

काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक आज साँझ ६ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ। बैठकमा पार्टीको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिकामाथि छलफल हुने बताइएको छ।

त्यस्तै, पार्टीका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीहरूको मनोनयनसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ। संगठनलाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन तथा नयाँ संरचना व्यवस्थापनबारे समेत बैठकमा निर्णय हुन सक्ने बताइएको छ।

यसका साथै, पार्टीभित्रको अनुशासन तथा अनुशासनात्मक कारबाहीसम्बन्धी प्रस्तावहरूमाथि पनि सचिवालय बैठकमा छलफल हुने जनाइएको छ।

बैठकले आगामी केन्द्रीय समिति बैठकको तयारी, कार्यतालिका निर्धारण तथा समसामयिक राजनीतिक विषयमा समेत आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार