free website hit counter

रास्वपा सांसदले १६ हजार, मन्त्रीले १८ हजार लेबी तिर्नुपर्ने

beemaadmin
२०८३ बैशाख ३, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदका लागि मासिक १६ हजार लेबी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सांसद र मन्त्रीका लागि लेबी तोक्ने निर्णय गरेको बिहीबार नै मुख्य सचेतक तोकिएका कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।रास्वपा सांसदले पाउने मासिक तलब भत्ताबाट सांसदले १६ हजार ५ सय पार्टीलाई बुझाउनुपर्ने भएको छ । यस्तै, सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रूपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्ने भएको छ । यस्तै, मन्त्रीका स्वकीयका लागि २ हजार लेबी तोक्ने निर्णय भएको छ । सांसदले स्वकीय सचिव राख्ने निर्णय सरकारले गरेमा उनीहरूले पनि मासिक २ हजार लेबी बुझाउनु् पर्नेछ । बिहीबारको संसदीय दलको बैठकले कान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई सचेतक बनाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार