काठमाडौं । विश्व महामारीले ल्याएको आर्थिक मन्दीका कारण भएको रोजगारी पनि गुम्ने अवस्था आइरहेको बेला रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । सात वटा शाखाका लागि शाखा प्रमुखको माग गरेको हो । कम्पनीले प्रदेश १ को रंगेली, चैनपुर र उर्लाबारी प्रदेश २ को जलेश्वर र लालबन्दी बागमति प्रदेशको चरिकोट र लुम्बिनी प्रदेशको रोल्पा शाखा कार्यालयका लागि शाखा प्रमुखको माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण भएको हुनुपर्ने छ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त क्षेत्रमा अनुभव बटुलेको ब्यक्तिलाई बिशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिनभित्र निवेदन दिन सक्नेछन् ।