free website hit counter

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा २.१८ प्रतिशतले बढेर ५८ करोड २६ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Advertisement
Advertisement

बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

जीवन बीमा कोष ३२ प्रतिशतले बढ्यो

कम्पनीको जीवन बीमा कोषको आकार पनि उल्लेख्य बढेको छ। समीक्षा वर्षमा जीवन बीमा कोष १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो। यसअनुसार जीवन बीमा कोष ३२.१४ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, महाविपत्ती कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ।

प्रतिशेयर आम्दानी पनि बढ्यो

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १० रुपैयाँ ९७ पैसाबाट बढेर ११ रुपैयाँ २१ पैसा पुगेको छ।

त्यस्तै, कम्पनीको मूल्य–आम्दानी अनुपात ३९.२५ गुणा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा कायम भएको छ।

सम्बन्धित समाचार