free website hit counter

रिसलाई नियन्त्रण गर्न नसक्दा निम्तिएको दुर्घटना

beemaadmin
२०७७ बैशाख ८, सोमबार

वीरगञ्ज । तत्कालको रिसलाई नियन्त्रणमा लिन कसक्दा कति ठूलो दुर्घटना निम्तिन्छ भन्ने घटना वीरगञ्जमा घटेको एउटा घटनाले देखाएको छ । ७ वर्षे छोरीको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका छन् । सर्राफले ७ वर्षकी छोरी अंशुकुमारीको हत्या गरेको तथ्य खुलेपछि उनी पक्राउ परेका हुन् । २०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुलाई घरको माथिल्लो कोठामा भित्तामा गाडिएको किलामा सलले पासो लगाई रहेको अवस्थामा भेटिएको भन्दै बाबु सञ्जयले पासो खोली तत्कालै नारायणी अस्पतालमा पुर्‍याएको र अस्पतालले मृत घोषणा गरेको दाबी परिवारले गरेको थयो । प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको छ । २०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो। लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरेपछि उनले पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेको स्वीकार गरेका छन् । छोरीको मृत्यु भएपछि झस्केका सञ्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार