free website hit counter

रुसले लगायो चिनियाँ नागरिकलाई प्रतिबन्ध

beemaadmin
२०७६ फाल्गुन ७, बुधबार

एजेन्सी । चीनमा मंगललबार मात्रै कोरोनाभाइरस संक्रमित थप १ सय ३६ जनाको ज्यान गयो । योसँगै यसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । मंगलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जना हुबेई प्रान्तका रहेका छन् । देशभर थप १ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १६ सय ९३ जना हुबेई प्रान्तका रहेका छन् । देशमा कोरोनाभाइरसबाट हालसम्म ७४ हजार १ सय ८५ जना संक्रमित भएका छन् ।
यता, हङकङमा दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । गत फेब्रुअरी १४ मा यस रोगको संक्रमण पुष्टि भएपछि प्रिन्सेस मार्गरेट अस्पताल भर्ना भएका ७० वर्षीय वृद्धिको मेत्यु भएको जानकारी दिइएको छ । योसँगै हङकङमा ६२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने दुई जनालाई ज्यान गुमाएका छन् ।
उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । त्यहाँ थप १५ जना कोरोनाभाइरस संक्रमित फेला परेको जनाइएको छ । योसँगै कोरियामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४६ पुगेको छ ।
यसबीच रुसले फेब्रुअरी २० देखि चिनियाँ नागरिकहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोभिड–१९ को संक्रमण नियन्त्रणबाहिर नरहे पनि अवस्था खतरनाक भएको बताएका छन् ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार