काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोनाले विश्वभर नै पेशा व्यवसाय संकटमा परेको छ । नेपालमा पनि सबै पेशा व्यवसाय ठप्प प्राय छन् । कोरोनाकै कारण नेको इन्स्योरेन्स इन्स्योरेन्सकाे नयाँ वर्षका दिन गर्ने तयारी भएकाे २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनी संचालक समितिको चैत १२ गते बसेको ३८८ औं बैठकले कोरोना भइरस कोभिड १९ को कारण देशमा विषम परिस्थितिको सृजना भएको भन्दै साधारण सभा स्थागित गर्ने निर्णय गरेको हो । कम्पनीले अर्को निर्णय नभएसम्मको लागि उक्त वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।
यस अघि कम्पनीले बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको थियो । आगमी साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश (करसहित १० करोड ७४ लाख ७४ हजार ७००) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।