free website hit counter

रोकियो रिलायन्स स्पिनिङ्ग मिल्सले आईपीओ निष्कासन

beemaadmin
२०८१ असार २७, बिहीबार

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आजदेखि आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको थियो । तर अब भने यो आईपीओ रोक्का राखिएको छ । नेपाल धितोपत्र बोर्डको असार २६ गते बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलाई मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार