free website hit counter

लकडाउनकै बीचमा घरसम्म पुर्याइदिने बहानामा बलात्कार

beemaadmin
२०७७ बैशाख १, सोमबार

स्याङ्जा । देश कोरोना संक्रमण नफैलियोस् भनेर लकडाउनमा छ । तर पूरै समाज लकडाउनमा हुँदा पनि अपराध भने भित्रभित्रै भइरहेको छ । यही बेला स्याङ्जामा दुई जना युवती जबरजस्ती करणीको शिकार बने । हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेका हुन् । हरिनाशकी १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग१८प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म पुर्याइदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलेको छ ।

तर, सन्देश थापाले जवरजस्ती करणी गरे लगत्तै सागर थापाले करणी गर्न खोज्दा गाउँलेले देखेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्देशले मात्रै जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए । तर घट्नामा दुवै जनाको संलग्न देखिएकाले अनुसन्धान भइरहेको डिएसपी भण्डरीले बताए ।
घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियार पनि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी हिरासतमा छन् । गत चैत २२ गते चापाकोटकी एक युवातीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गाउँमा हिडिरहेको अवस्थामा ललाइफकाई गरी जबरजस्ती करणी गरेको आरोपमा उनी चैत २४ गते पक्राउ परेको थियो । उनको पनि जिल्ला अदालतबाट अनुसन्धानमा लागि म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार