free website hit counter

लक्ष्मी बैंकको नाफा ९० करोड

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढी अर्थात् १७ करोड ९२ लाख बढी हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड १८ लाख वितरण योग्य मुनाफा आर्जन गर्न सफल यस बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

सो अवधिसम्ममा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड ५७ लाख बढेर १ अर्ब २९ करोड ४१ लाख पुगेको छ।

Advertisement
Advertisement

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ।

सम्बन्धित समाचार