free website hit counter

लक्ष्मी मातालाई यसरी प्रशन्न गराउनुहोस्, (पूजाविधिसहित)

beemaadmin
२०७९ कार्तिक ६, आईतवार

कसैलाई आशिर्वाद दिँदा भनिन्छ, मुखमा सरस्वती, शीरमा लक्ष्मीको बास होस् । तर लक्ष्मी सबैको शीरमा बस्दिनन् । सबैले मेहनत गर्छन् तर सबै सफल हुँदैनन् । कोही कोही सामान्य मेहनत गर्छन् तर लक्ष्मीले अपार साथ दिन्छिन् । आखिर लक्ष्मी खुशी पार्न कसरी सकिन्छ ? हिन्दू धर्ममा आस्था रहेकाहरुले लक्ष्मी पूजालाई विशेष रुपमा मनाउने गरेका छन् । तिहारको विशेष दिन अर्थात लक्ष्मीपूजा । आज साँझ घर(घरमा लक्ष्मी माताको पूजा गर्दै लक्ष्मी पूजा गर्ने परम्परा छ । यसपटकको तिहारको लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यी दुई मुख्य काम गर्न बिर्सनु हुँदैन । यी दुई उपाय गर्नाले तपाईंलाई धनको समेत कहिले कमि हुँदैन । यसपटक कार्तिक महिनाको औंशी तिथीका दिन माता लक्ष्मीको विशेष पूजा गरिन्छ । पूजाबाट प्रसन्न भएर माता लक्ष्मीले आफ्नो भक्तहरुमाथि आफ्नो कृपा बनाइरहने धार्मिक विश्वास छ । माता लक्ष्मीको विशेष पूजा आराधना गर्नाले हरेक व्यक्तिको दरिद्रता भाग्ने, धन, सम्पत्ति, वैभव तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
तिहारको लक्ष्मीपूजाको दिन हरेक व्यक्तिले माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यथासम्भव प्रयास गर्दछन् । यो तिहारमा तपाईंले पनि माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यहाँ उल्लेखित दुई काम अवश्य गर्नु पर्दछ । यी काम गर्नाले माता लक्ष्मी प्रसन्न हुनुका साथै तपाईंलाई कहिलेपनि धन सम्पत्तिको कमि हुने छैन ।

सेतो कमल अर्पण गर्नुपर्छ
ज्योतिषाचार्यहरुका अनुसार यसपटकको तिहारको लक्ष्मीपूजाको दिन पद्य योग गरेको छ । पद्यम योगमा यदि माता लक्ष्मीलाई सेतो कमलको फूलको १६ पत्ताहरु अर्पण गर्नु पर्छ । यसो गर्नाले माता लक्ष्मी अत्यन्त प्रसन्न हुने तथा उनले भक्तहरुलाई स्थिर धनको मालिक बनाउने छिन् । माता लक्ष्मीको नाम चञ्चला हो । उनी चञ्चल छिन् । उनी कसैसंग पनि स्थिर भएर बस्दिनन्, त्यसैले स्थिर लक्ष्मी प्राप्त गर्ने यो उपायलाई सर्वोत्कृष्ट मानिन्छ ।

लक्ष्मीलाई सेतो कमल अर्पण गर्ने मन्त्र

‘अमल कमल संस्था, तद्रजः पुंज वर्णां, र श्वेत कमल धृतेष्टा, भीति युग्माम्बुजा च । मणिमुकुट विचित अलंकृत कल्पजाले, भवतु भुवनमाता सन्ततं श्रीः श्रयिै नमः ।।’

अथवा

‘या सा पद्यासनस्था विपुलकटितटी पद्यमत्रायताक्षी गंभीरावर्तनाभिः स्तनर नमिता शुभ्रवस्त्रोत्तरीया । लक्ष्मीर्दिव्यैर्गजेन्द्रेः मणिगण खीचतैः, स्नापिता हेमकुम्भे नित्यं सा पद्यमहस्ता मंम वसतु गृहं सर्वमांगल्ययुक्ता ।।’

लक्ष्मीपूजाको शुभ मुहूर्त

यसपटकको तिहारको लक्ष्मी पूजाको शुभ मुहूर्त आज आईतबार साँझ ७ बजेदेखि राती ८ः५६ बजेसम्म छ । आजको दिन शुभ मुहूर्तमा पूजाको समय माता लक्ष्मीलाई स्वामीको पात तथा केसरी रंगको कुनै फूल अवश्य चढाउनु पर्छ । यी दुबै चिजहरु माता लक्ष्मीलाई अत्यन्त प्रिय छन् ।

श्री लक्ष्मी महामन्त्र

‘ऊँ श्री ल्कीं महालक्ष्मी महालक्ष्मी एहृोहि सर्व सौभाग्यं देहि मे स्वाहा ।।’

श्री लक्ष्मी बीज मन्त्र

‘ऊँ श्रींहीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं हीं श्रीं ऊँ महालक्ष्मी नमः ।’

लक्ष्मीपूजाको समय यदि तपाईंले श्री लक्ष्मी महामन्त्रको जप गर्नु भयो भने तपाईंलाई धन, सम्पत्ति तथा वैभवमा स्थिरता प्रँप्त हुन्छ । लक्ष्मी पूजामा श्री लक्ष्मी बीज मन्त्रको जप गर्नाले तपाईंको भाग्योदय हुनेछ ।

माता लक्ष्मीको पूजाबाट प्रसन्न हुन्छन् भगवान विष्णु

माता लक्ष्मी भगवान विष्णुकी अर्धाङ्गिनी हुन् । उनको पूजा गर्नालृ भगवान विष्णु पनि प्रसन्न हुन्छ । जसबाट तपाईंले उनको कृपा समेत पाउनु हुनेछ ।

लक्ष्मी पूजा विधि
हामी लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं । समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् ।उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ । पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ । पूजा गर्ने तरिका यस्तो छ ।
१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।
२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।
३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।
४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।
५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।
६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने । कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार