free website hit counter

लगातार घटेको शेयर बजारमा देखियो सुधार

beemaadmin
२०८० मंसिर २१, बिहीबार

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ११.७३ अंकले घटेर १ हजार ८५२.७७ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५८ अंकले घटेर ३५२.२८ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९९ कम्पनीका ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूह मध्ये व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह २.११ प्रतिशतले बढेको छ । यसैगरी, हाइड्रोपावर समूह १.०३ प्रतिशतले बढेको छ । लगानी समूह भने ०.८३ प्रतिशतले बढेको छ। यसैगरी वीत समूह ०.६९ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन होटल तथा टुरिजम समूह ०.६५ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह ०.५० प्रतिशतले घटेको छ ।
त्यस्तै, यो दिन त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत कम्पनीको यो दिन दोस्रो बजारमा पहिलो कारोबार भएको हो । त्यस्तै सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ । यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ । त्यसैगरी, यो दिन मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४१ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.१९ प्रतिशतले ओरालो लागेको छ ।

सम्बन्धित समाचार