free website hit counter

लगातार चौथो दिन पनि नेप्सेमा गिरावट

beemaadmin
२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ । नेप्से परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ बिन्दुमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो । यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगातार घटेको छ । चैत २८ गते १० अङ्कले घटेको नेप्से परिसूचक आइतबार २ अङ्क र सोमबार १६ अङ्कले घटेको थियो । आज १४ अङ्कले घटेको दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २०० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । यस क्रममा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ । सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको दिन गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार