free website hit counter

लगातार दोश्रो दिन घट्यो सुनको भाउ, प्रतितोला कति ?

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाडौं । सुनको भाउ लगातार दोश्रो दिन घटेको छ । साउन २३ गते, मंगलबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो । तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन प्रतितोला १०० रुपैयाँले गिरावट भएर एक लाख १२ हजार ४०० रुपैयाँमा झरेको थियो । अर्कोतर्फ, निरन्तर तेश्रो दिन स्थिर भएको चाँदीको मूल्य भने मंगलबार घटेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार