free website hit counter

लघुवित्तका अध्यक्षहरू एकजुट

beemaadmin
२०७६ चैत्र १, शनिबार

काठमाडौं । लघुवित्त संस्थाका सञ्चालक समितिका अध्यक्षहरु एकजुट भएका छन् । सञ्चालनमा रहेका सबै लघुवित्त संस्थाका अध्यक्षहरु संलग्न रहेको नेपाल लघुवित्त संघ नेपालको औपचारिक रुपमा सार्वजनिक भएको छ । नवगठित संस्थाले तदर्थ कार्यसमिति समेत घोषणा गरेको छ । उक्त समतिमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल अध्यक्ष छन् । त्यस्तै, ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी उपाध्यक्ष, जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा महासचिव, सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ सचिव, आँधिखोला लघुवित्तमा नरेश केसी कोषाध्यक्ष तथा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य तोकिएका छन् । गत पुसमा नै सबै संस्थाका अध्यक्षहरुको काठमाडौँमा भेला भएको थियो ।

त्यो भेलाले कालान्तरमा यो संस्थालाई लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त बैंकर्स संघ स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार उक्त तदर्थ समितिको घोषणा गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । अहिले देशभर ९० ओटा लघुवित्त संस्था अस्तित्वमा छन् । ती संस्थाहरुले देशका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाहरुको कुल ३ हजार ८ सय ६१ शाखा, २ लाख ९८ हजार ३ सय ५९ ओटा सेवा केन्द्र, तथा १ लाख ५ हजार ५ सय ३८ ओठा समूह रहेका छन् ।

त्यस्तै, यो क्षेत्रमा १८ हजार ८ सय ८५ जना कर्मचारी, ४५ लाख ७९ हजार ८ सय १५ जना सदस्य रहेकोमा २८ लाख ५ हजार ८ सय १५ जनाले यी संस्थाबाट ऋण लिएको जनाइएको छ । पुस मसान्तसम्म ९० ओटा संस्थाको कुल पुँजीकोष ३२ अर्ब ५९ करोड, कुल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । म्यान जस्तै यसअघि वाणिज्य बैंकका अध्यक्षहरुको समेत छुट्टै संस्था खुलिसकेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नामक उक्त संस्थामा एनएमबी बैंकका पवनकुमार गोल्यान अध्यक्ष छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार