free website hit counter

लिबर्टी माइक्रोले ल्यायो सुरक्षित बाल भविष्य योजना

beemaadmin
२०८१ श्रावण २२, मंगलवार

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना ल्याएको छ । कम्पनीले सो बीमालेख श्रावण १७ गतेदेखि बिक्री सुरु गरेको जनाएको छ । बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाहरव्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय सुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ । यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमांक रकम ५ लाख रुपैयाँसम्म लिन सकिनेछ । कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरु निम्नलिखित रहेका छन् ।

बीमालेखका विषेशताहरु

क. आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना ।

ख. बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने ।

ग. बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुवा,आमा, कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने ।

घ. बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा २५ प्रतिहजार रुपैयाँ प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा ३५ प्रतिहजार रुपैयाँ प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ ।

ङ. सस्तोरकिफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना ।

च. अनलाइनको माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने ।

छ. उक्त बीमालेखसँग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार