free website hit counter

लुम्बिनी जनरलद्वारा झण्डै १ करोड २० लाख दाबी भुक्तानी

beemaadmin
२०७९ आश्विन १५, शनिबार

काठमाडौं । पसलमा विद्युत सर्ट भई लागेको आगोले पुर्याएको क्षति लुम्बिनी इन्स्योरेन्सले परिपूर्ति गरिदिएको छ। लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखाले सम्पती बीमा अन्तर्गत १ करोड भन्दा बढी भुक्तानी गरेको हो । कम्पनिका अन्डरराईटिङ विभाग प्रमुख नवराज तिमल्सिनाले रौतहटको गरुडामा अवस्थित साहु ट्रेड कन्सर्नका संचालक मेनु कुमारी शाह र शशि भूषण शाहलाई प्रधान कार्यलयमा १ करोड १९ लाख ९८ हजार ८०० रुपैयाको चेक प्रदान गरेका हुन्। शाहले संचालन गरेको पसल साहु ट्रेड कन्सर्नमा २०७८ कार्तिक १२ गते बिधुत सर्ट भई आगलागी भएको थियो। आगलागीबाट पसल भित्र रहेको सम्पूर्ण सामाग्री सहित ३ वटा मोटरसाइकल समेत पूर्ण रुपमा जलेको थियो ।
शाहले चन्द्रपुर शाखाबाट १ करोड ५० लाखको सम्पति बीमा गरेका थिए। उनले बार्षिक ३० हजार तिर्नु पर्थ्यो । ३ बर्ष बिमा गरेको उनलाई लुम्बिनी जनरल इन्स्योरेन्सले करौडौको भुक्तानी गरेको हो । आफुले बर्षौ देखी कमाएका कमाई आगलागीले केहि बेरमै ध्वस्त पारिदियो,तर घटनाले विक्षिप्त पारेको हाम्रो परिवारलाई इन्स्योरेन्सले पुन सपना देखाउने उर्जा दिएको छ संचालक शाहहले भने । सम्पूर्णलाई आफ्नो सम्पतिको बीमा गर्न समेत साहले सुझाए । लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखा प्रमुख जीवन कटुवाल भन्छन ‘घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ ।

सम्बन्धित समाचार