काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छन् । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले आगामी ४ वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्नेछिन् ।