free website hit counter

लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

beemaadmin
२०८२ मंसिर २२, सोमबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल ३४० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । पानसमा दियो प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा सीईओ क्लब सदस्यता वितरणसँगै आफ्नो कोडमा र नेटवर्कमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै अब बाँकी प्रदेशहरूमा पनि चाँडै कार्यक्रम हुने जानकारी दिए। उनका अनुसार, सीईओ क्लब कार्यक्रममा हालसम्म नेपालभरका १,६०० भन्दा बढी अभिकर्ता छनौट हुनुले यस योजनाको सफलता प्रमाणित गर्छ र यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई व्यवसायिक उन्नतिमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरूलाई विशेष तालिम प्रदान गरेका थिए । उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा भावसहितको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफलताको आधार इमान्दारिता र निरन्तरता रहने बताए । सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउँदा थप प्रेरणा प्राप्त भएको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्नु गौरवको विषय रहेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार