free website hit counter

लोकसेवा आयोगले माग्यो ५ सय ४८ कर्मचारी

beemaadmin
२०७६ पुष २३, बुधबार

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सेवा समूहमा गरी ५ सय ४८ जना कर्मचारी माग गरेको छ । आयोगले नायव सुब्बा पदमा भर्ना आह्वानगर्दै बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ ।
आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन् । यस्तै आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने नायव सुब्बाको बढुवासम्बन्धी सूचना पनि निकालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गरेको हो ।

सम्बन्धित समाचार