free website hit counter

वाणिज्य बैंकले एघार महिनामा कमाए ५६ अर्ब बढी नाफा

beemaadmin
२०८१ असार २९, शनिबार

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि बाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक बर्ष २०८०(८१ को ११ महिनामा बाणिज्य बैंकहरुको खुद नाफा १६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको बैक तथा वित्तीय संस्थाको जेठसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधीमा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधीका तुलनामा १० अर्ब ७८ करोड १४ लाख रुपियाँले कम हो । गत आवको सोही अवधीमा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका थिए । नाफा कमाउने मामिलामा नविल बैंक अग्र स्थानमा देखिएको हो । समिक्षा अवधीमा नबिल बैंकले छ अर्ब ३३ करोड ८४ लाख रुपियाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ । समीक्षा अवधीमा उक्त बैंकले पाँच अर्ब नौ करोड तीन लाख रुपियाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब ३८ करोड १३ लाख रुपियाँ नाफा कमाएको छ भने प्राइम कर्मशिलयले तीन अर्ब ५५ करोड ५१ लाख रुपियाँ, एभरेष्टले तीन अर्ब ३१ करोड ३१ लाख रुपियाँ, राष्ट्रिय बाणिज्यले तीन अर्ब छ करोड ८३ लाख रुपियाँ, प्रभुले तीन अर्ब तीन करोड ४२ लाख रुपियाँ, कृषि विकासले तीन अर्ब दुई करोड ४८ लाख रुपियाँ र स्टाण्डर्ड चार्टर्डले तीन अर्ब एक करोड ९० लाख रुपियाँ खुद नाफा कमाएको छ । यसैगरी, एनएमबीले दुई अर्ब ७७ करोड ६३ लाख रुपियाँ, हिमालयनले दुई अर्ब ७६ करोड ६० लाख रुपियाँ, लक्ष्मीले दुई अर्ब ३७ करोड ४२ लाख रुपियाँ, सिद्धार्थले दुई अर्ब २७ करोड एक लाख रुपियाँ, एनआईसी एसियाले दुई अर्ब २३ करोड ५३ लाख रुपियाँ, सिटीजन्सले एक अर्ब ७५ करोड ६७ लाख रुपियाँ, सानिमाले एक अर्ब ७४ करोड ६४ लाख रुपियाँ, कुमारीले एक अर्ब ६७ करोड ४५ लाख रुपियाँ, नेपाल एसबीआईले एक अर्ब ६५ करोड ५१ लाख रुपियाँ, माछापुच्छ्ले एक अर्ब २८ करोड ४१ लाख रुपियाँ र नेपाल बैंकले एक अर्ब सात करोड ६७ लाख रुपियाँ खुद नाफा कमाएको छ । समीक्षा अवधीमा विकास बैंकहरुले भने चार अर्ब ९६ करोड रुपियाँ नाफा कमाएका छन् । वित्त कम्पनीहरुले भने ५४ करोड ७० लाख रुपियाँ नाफा कमाएका छन् । यसरी ११ महिनामा समग्र बैंक तथा वित्तीय संस्थाहरुले ६१ अर्ब ९५ करोड ७० लाख रुपियाँ नाफा कमाएका छन् । गत आवको यसै अवधीमा उनीहरुले ७३ अर्ब ८० करोड रुपियाँ नाफा कमाएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार