free website hit counter

वातावरण मैत्री लगानीमा नेपाल इन्भेस्टमेन्ट बैंक

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहमा अग्रणी स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ । विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसर पारेर यस्तो कार्यक्रम अघि सारेको हो । बैंकले ल्याएको साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ । यस योजनाको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने जनाएको छ , जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको अनुभूति गराउने रहेको छ ।
लगानीका क्षेत्रहरू विशुद्ध रूपमा विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन् । यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार