काठमाडौं । राजनीतिक हस्तक्षेप र चरम अनियमितताका कारण निरन्तर घाटामा गएको नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सञ्चालक समितिको बैठकले सैद्दान्तिक स्वीकृति दिएको छ । ७५ प्रतिशत शेयर सरकार आफैंले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्दान्तिक स्वीकृति दिइएको बताइएको छ । २२ प्रतिशत सरकारी संस्थालाई र ३ प्रतिशत सेयर कर्मचारीलाई दिने गरी सैद्दान्तिक स्वीतृति दिइएको बताइएको छ ।
उक्त निर्णय पर्यटन मन्त्रालय र अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुग्नेछ । शेयर निष्काशन प्रयोजनका लागि अब निगमको सम्पत्ति मूल्यांकनका लागि डीडीए गरिनेछ र त्यस अनुसारले २५ प्रतिशत बराबरको रकम सेयरमार्फत् बिक्री गरिनेछ । निगमबाट अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि सञ्चालक समिति अध्यक्षता गरेका पर्यटन सचिव केदारबहादुर अधिकारीले गरेपछि सेयर बिक्री गर्ने निर्णय गरिएको हो ।